News

४५ मिनेट बिमानस्थल बन्द हुने

४५ मिनेट बिमानस्थल बन्द हुने
कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणमा आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ’नोटिस फर एयरमेन’ (नोटाम) जारी गरेको छ । विमानस्थलले बुधबार दिउँसो १२ बजेर १० मिनेटदेखि १२ बजेर ५५ मिनेटसम्म नोटाम जारी गरेको हो । यो समयमा कुनै जहाज उड्न र अवतरण गर्न पाउने छैनन् । विमानस्थल पुरै बन्द हुनेछ । trubhunan-airport भिभिआइपी जहाजमा आउनु २० मिनेट अघिदेखि अवतरण भएको २५ मिनेटसम्म नोटाम जारी गरिएको विमानस्थलस्थित टर्मिनल ड्युटी अफिसर (टिडिओ)ले जानकारी दिएका छन् । उनले भने, ’नोटामको समयमा आन्तरिक तथा बाह्य कुनै पनि जहाज उड्न र अवतरण गर्न पाउँदैनन् । एयरपोर्ट बन्द हुन्छ ।’

Banda Tribhuban international Airport

विशेष