News

भारतीय राष्ट्रपति मुखर्जी काठमाडौंमा, राष्ट्रपति भण्डारीले गरिन स्वागत

भारतीय राष्ट्रपति मुखर्जी काठमाडौंमा, राष्ट्रपति भण्डारीले गरिन स्वागत
कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंं आइपुगेका छन् । मुखर्जी सवा १२ बजे पछि भारतीय वायु सेवा निगमको विशेष जहाजमा त्रिभुवन अन्तर्राट्रिय विमानस्थमा ओर्लिएका हुन् । indian-president-branab-mukhrjee मुखर्जीको आवागमनलाई ध्यान दिई विमानस्थल ४५ मिनेट बन्द गरिएको छ । मुखर्जीको सवारीलाई मध्यनजर गर्दै विमानस्थल र काठमाडौंको सुरक्षा व्यवस्था र सवारी व्यवस्थापनमा कडाई गरिएको छ । मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेकी छिन् । त्यसलगत्तै मुखर्जी शीतल निवास गई समकक्षी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । मुखर्जीको सवारीलाई केन्द्रित गरी काठमाडौंका मुख्य सडक खाली गरिएको छ भने चार घेरामा सुरक्षा व्यवस्था गरिएको छ ।

pranab mukharji

विशेष