News

खुकुरी प्रहारबाट युवक घाइते

खुकुरी प्रहारबाट युवक घाइते
देश/माेरङ

कात्तिक १७ ।  मोरङको मधुमल्लाका एक युवा खुकुरी प्रहारका कारण गम्भीर घाइते भएका छन् । मधुमल्ला–८ पिपलडाँगीका अन्दाजी २७ वर्षीय उमेश अधिकारीलाई सोही ठाउँका रविन अधिकारी लगायतका युवाले बुधबार बिहान २ः३० बजे खुकुरी प्रहार गरेको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए।

युवाले बुधबार बिहान २ः३० बजे खुकुरी प्रहार गरेको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए।


खुकुरी प्रहारबाट दाहिने खुट्टामा गहिरो चोट लागेर घाइते भएका अधिकारीको झापाको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समूह फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसइबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ ।
 

khukuri praharbata youbak ghayete Morang

विशेष