राष्ट्रपति मुखर्जीको विरोध गर्ने ५ जना पक्राउ

कात्तिक १७ । नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विरोध गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार चार जनालाई त्रिभुवन विमानस्थल र एक जनालाई माइतीघर मण्डलाबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा भुषाल लगायतका रहेका छन् । पक्राउ परेका पाँचै जनालाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।
birodh garne pakrau
pranab mukharji