राष्ट्रपति प्रणव मुखर्जीकाे यसरी गरियाे स्वागत [फाटाेफिचर]
![राष्ट्रपति प्रणव मुखर्जीकाे यसरी गरियाे स्वागत [फाटाेफिचर]](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/images/2016/11/pranab3.jpg)
कात्तिक १७ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिन् ।
राष्ट्रपति भण्डारीले उनलाई पुष्पगुच्छाले स्वागत गरेकी हुन् । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गरेका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान अर्पण गरेको थियो ।
सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरु उपस्थित थिए।
भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो ।
bidhya bhandari
pranab mukharji




