विदेश

पूर्वसैनिक परिवारलाई भेट्न गएका राहुल गान्धी पक्राउ

पूर्वसैनिक परिवारलाई भेट्न गएका राहुल गान्धी पक्राउ
वर्ल्ड / काठमाडौं 

कात्तिक - १७ ।  एक पद एक पेन्सनुको माग राखेर आत्महत्या गरेका भनिएका पूर्वसैनिकको परिवारलाई भेट्न गएका भारतीय राष्ट्रिय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी प्रहरीले पक्रेको छ । मृत पूर्वसैनिकको परिवारका सदस्यलाई पनि प्रहरीले पक्रेको समाचार दी टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा बुधबार दिइएको छ । पक्राउ पर्नेमा दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पनि रहेका छन् । गान्धीलाई राममनोहर लोहिया अस्पतालको ढोकामा पक्राउ गरी मन्दिर मार्गको प्रहरी थानामा राखिएको छ । एक पद एक पेन्सन आन्दोलनमा सक्रिय रहेका ७० वर्षे पूर्वसैनिक रामकृष्ण ग्रेवालले विष खाएर आत्महत्या गरेका हुन् । सरकारी रवैयाप्रति विरोध जनाउन उनले आत्महत्या गरेको छोरालाई लेखेको पत्रमा उल्लेख गरेका छन्

Rahul Gandi Rahul Gandi arrested by police

विशेष