विदेश

कोइला खानीमा विस्फोट, ३३ को मृत्यु

कोइला खानीमा विस्फोट, ३३ को मृत्यु
कात्तिक १७ । चीनको चोङ्गकिङ्ग महानगरमा रहेको एक कोइला खानीमा ग्यास विस्फोटको कारण भएको दुर्घटनामा परी ३३ व्यक्तिको मृत्यु भएको छ । बेपत्ता रहेका १५ व्यक्तिको शव बुधबार बिहान सवेरै फेला परेपछि सो सङ्ख्या ३३ पुगेको छ । योङ्गचुआन जिल्लामा रहेको जिनसानगोउ कोइला खानीको पिटबाट ८० भन्न्दाबढी उद्धारकर्ताको टोलीले बुधबार विहान १५ शवलाई निकालिएको स्थानीय उद्धार प्रमुख कार्यालयले जनाइएको छ । स्थानीय समयाअनुसार सोमबार विहान ११ः३० सो घटना भएको थियो । दुर्घटनाको समयमा खानीमा ३५ कामदार कार्यरत थिए । दुई जना भने भागेर बाँच्च सफल भएका थिए । कोइला खानीमा फसेका १८ जनाको शव उद्धारकर्ताको टोलीले मङ्गलबार निकालेका थिए । बाँकी १५ जनाको शव बुधवार निकालेपछि सो घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३३ पुगेको हो ।

blast China

विशेष