News

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कात्तिक १७ । नुवाकोटको देवीघाट-गल्छी सडकखण्डको रातमाटे महादेवफाँटमा बुधबार दिउँसो ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । रातमाटे–१ महादेवफाँटमा देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको ना ७ ख १०३५ नम्बरको ट्रिपरले देविघाटबाट गल्छीतर्फ जाँदै गरेको बा ७९ प ३९६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक फिकुरी–४ का ३६ वर्षका पण्डितप्रसाद भट्टको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालुवा बोकेर गइरहेको ट्रिपर मोटरसाइकललाई ठक्कर दिँदै सडक छेउका नालिमा पल्टिएको थियो । ट्रिपर चालक रातमाटेका २९ वर्षका विक्रम राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Accident nuwakot

विशेष