News

चिया पिउँदापिउँदै ठमेलमा १ को मृत्यृ

चिया पिउँदापिउँदै ठमेलमा १ को मृत्यृ
कात्तिक १७ । ठमेलमा चिया पिउँदापिउँदै बेहोस भएर एक व्यक्तिको ज्यान गएको छ। काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित हिमालयन गाबा मण्डल स्टेडमा चिया पिउँदापिउँदै बुधबार एक्कासि बेहोस भएका पोर्चुगल नागरिक ५३ वर्षीय मानुअल पाउलको मृत्यु भएको हो । चिया पिउँदापिउँदै गरेका ग्राहक बेहोस भएर ढलेपछि होटल सञ्चालकले उनलाई तत्काल त्रिवि शिक्षण अस्पताल र्पुयाएका थिए। उनको त्यहीँ मृत्यु भयो। ‘चिया खाँदाखाँदै लडेपछि होटल सञ्चालकले अस्पताल पुर्याएछन्’, महानगरीय प्रहरी वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘उनको त्यहीँ मृत्यु भयो। प्रहरीले कोठा सर्च गरेर थप अनुसन्धान गरिरहेको छ।’

Death thamel

विशेष