भारतीय प्रधानमन्त्री मोदीले बाघसँग मितेरी गाँसेपछि

कात्तिक १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साँच्चिकै बाघको नजिक पुगे। छत्तीसगढको नयाँ रायपुरमा जंगल सफारीको लोकार्पणपछि उनी बाघको नजिक पुगेका हुन्। यो जंगल सफारीलाई भारतले विश्वकै मानव निर्मित जंगल सफारीमध्येको एक भनेर प्रचार गरेको छ ।
सफारीका क्रममा बाघ लगायतका जंगली जनावर मोदीको नजिक देखिए। तर बाघ पूरै फलामे जालीभित्र थियो ।
मोदीको जंगल सफारी र बाघसँगको फोटो सामाजिक सञ्जालमा चर्चित भएका छन्। ’शरदार पटेलपछि भारतले एक नयाँ बाघ पायो त्यो पनि गुजरातदेखि’, मोदीलाई लक्षित गर्दै छत्तीसगढका मुख्यमन्त्री रमनसिंहले ट्विट गरे। त्यसको जवाफ सर्वसाधारणले बडो रमाइलोसँग दिन थालिहाले। 'पिँजडा हटाए देखिनेछ को शेर हो अनि को मुसा हो’, ट्विटर प्रयोगकर्ताले मोदीलाई व्यंग्य गर्दै लेखेका छन्।
Narendra modi
tiger

