ताजा खबर विदेश News

ट्रम्प विश्वका लागि खतरा : ओबामा

ट्रम्प विश्वका लागि खतरा : ओबामा

कात्तिक १८ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प विश्वका लागि खतरा भएको बताएका छन् । अमेरिकाको उत्तरी कैरोलाइनामा डेमोक्रेटिक पार्टीद्वारा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले जिते पछिल्लो आठ वर्षमा अमेरिकाले गरेको प्रगति सबै उल्टिने खतरा रहेको बताएका छन् ।

उनले ट्रम्प कमाण्डर इन चीफ बन्न समेत योग्य नभएको बताएका छन् । उता ट्रम्पले एक कार्यक्रमलाई सम्बोधन गर्दै यदि हिलारी क्लिन्टनले जिते अमेरिकाले संवैधानिक संकटको सामना गर्नुपर्ने बताएका छन् । ट्रम्पले यदि हिलारीले चुनाव जिते उनीमाथि आपराधिक आरोप लाग्न सक्ने बताएका छन् ।

अमेरिकामा ८ नोभेम्बरमा राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । पछिल्लो मतसर्वेक्षण अनुसार केही स्थानमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अघि देखिएको छ भने कुनै स्थानमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन अघि देखिएको बीबीसीले जनाएको छ ।

Barak Obama Donald Trump

विशेष