राजनीति News

किन गएनन ओली दुतावासको दिवा भोजमा

किन गएनन ओली दुतावासको दिवा भोजमा

कात्तिक १८ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा अनुपस्थित भएका छन् । दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा बुधबार लैनचौरस्थित दूतावासभित्रै दिवा भोज आयोजना गरेको थियो ।

‘दूतावासले आफ्नो हिसाबले दिने रिट्रिटमा गइरनुपर्छ भन्ने हुँदैन । सो दिवा भोजमा प्रमुख दलका नेताहरु, नेता, मन्त्री, नागरिक अगुवा, साहित्यकारलाई निम्ता थियो । मधेसीवादी दल तथा साना दलका नेताहरुलाई समेत दूतावासको भोजमा पुगेका थिए । भोजमा कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद पूर्व अध्यक्ष खिलराज रेग्मी, एमाले नेता सुवाषचन्द्र नेम्वाङ, मन्त्रीहरु सीतादेवी यादव, अर्जुनरसिंह केसी सहभागी थिए । भोजमा राष्ट्रकवि माधवप्रसाद घिमिरे समेत थिए ।

संसदमा दोस्रो सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएको थाहा पाएपछि लैनचौरका निम्तालुबीच नै यो विषयले चर्चा पाएको थियो ।

दूतावासले आफ्नो हिसाबले दिने रिट्रिटमा गइरनुपर्छ भन्ने हुँदैन । त्यही भएर उहाँ नजानु भएको होला । यो चर्चा गरिरहनु पर्ने विषय होइन’, उनले भने ।

भारतीय दूतावासको भोजमा अध्यक्ष ओली नगएपछि उपाध्यक्ष भीम रावल लैनचौर पुगेका थिए । आफ्नो नेतृत्वको सरकार ढाल्न भारतको भूमिका रहँदै आएको ओलीले बताउँदै आएका छन् ।

विशेष