ताजा खबर विदेश News

पाकिस्तानले भारतबाट फिर्ता बोलायो आफ्ना ६ कुटनीतिज्ञ

पाकिस्तानले भारतबाट फिर्ता बोलायो आफ्ना ६ कुटनीतिज्ञ

कात्तिक १८ । भारतमा रहेका आफ्ना ६ जना उच्च कुटनीतिज्ञलाई पाकिस्तानले फिर्ता बोलाएको छ । भारतस्थित पाकिस्तानी उच्च आयोगका विवादित ६ कर्मचारीलाई फिर्ता बोलाईएको सरकारी अधिकारीले बताएका छन् ।

भारतमा रहेर जासुसी गतिविधी गरेको भन्दै भारतले पाकिस्तानी कुटनीतिज्ञ महमुद अख्तरलाई देश निकाला गरेको थियो । भारतीय प्रहरीको हिरासतमा रहदा अख्तरले जासुसीमा संलग्न अन्य केहीको समेत नाम उल्लेख गरेपछि पाकिस्तानले फिर्ता बोलाएको हो ।

उनीहरु पाकिस्तान फिर्ता भईसकेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । भारतीय प्रहरीले अख्तरलाई सुरक्षासँग सम्वन्धित दस्तावेज सहित पक्राउ गरेको थियो ।

India Pakistan

विशेष