News

राष्ट्रपतिको स्वागतार्थ निर्माण गरिएको गेट तोडफोड

राष्ट्रपतिको स्वागतार्थ निर्माण गरिएको गेट तोडफोड

कात्तिक १८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतार्थ पोखरामा बनाइएको स्वागतगेट तोडफोड भएको छ । बुधबारराति अज्ञात समूहले गेट तोडफोड गरेका हुन् ।

भोली हुने राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणका क्रममा स्वागतका लागि इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड गरिएको हो । स्वागत छ पोखरामा भनेर लेखिएको फ्लेक्स च्यातिएको छ भने राष्ट्रपति मुखर्जीको फोटो पनि च्यातिएको छ ।

तर प्रहरीले भने सामान्य च्यातिएको बताएको छ । यसैबीच, सो स्थानमा च्यातिएको फ्लेक्स निकालेर नयाँ फ्लेक्स लगाइसकिएको छ । फ्लेक्स च्यातिएको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले तुरुन्तै नयाँ फ्लेक्स लगाएको हो ।

Mukarjee

विशेष