News

भारतीय राष्ट्रपति मुखर्जीको पशुपतिनाथलाई पत्र (पत्रसहित)

भारतीय राष्ट्रपति मुखर्जीको पशुपतिनाथलाई पत्र (पत्रसहित)
कात्तिक—१८ भारतका राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथको मन्दिरको पुनः निर्माण तथा नविकरणमा सहयोग गर्ने बताएका छन् । मुखर्जीले पशुपतिमा राखिएको आगन्तुक पुस्तिकामा लिखित रुपमा सहयोग गर्ने बताएका हुन् । pranab-mukharji-lekh बिहिबार बिहान मुखर्जी विशेष पूजा तथा दर्शनका लागि पशुपतिमा पुगेका थिए । उनले पशुपतिनाथको मन्दिर भ्रमण गर्दा प्रसन्नताको अनुभूति भएको बताएका छन् । पशुपति क्षेत्र सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वको स्थान रहेको उनले बताए । उनले विशेष पूजामा भागीदारी गरेर आनन्द अनूभूति हुनुका साथै उनको लागि दर्शनको व्यवस्था गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् । उनले नेपाल भारत मैत्री पशुपतिनाथ धर्मशाला परियोजनाको स्थापनामा सहयोग गर्न पाउँदा भारत सरकार प्रसन्न रहेको बताए । मुखर्जीले भारत सरकारद्वारा पशुपति मन्दिर क्षेत्रको आसपासको पुनः निर्माण र नविकरणमा सहायता गर्न पाउँदा प्रसन्न रहेको बताए । पशुपतिनाथ मन्दिर नेपाल र भारतका भक्तहरुका लागि समान रुपले श्रद्धाको केन्द्र रहेको मुखर्जीले बताएका छन् । उनले पशुपतिनाथको पुनः निर्माणमा भइरहेको कामप्रति पूर्ण सफलताको शुभकामना समेत दिएका छन् ।

Indian President pranab mukharji

विशेष