विदेश

चार दिनमा एक पत्रकारको हत्या : युनेस्को

चार दिनमा एक पत्रकारको हत्या : युनेस्को
कात्तिक – १८ । संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बुधबार सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार पछिल्ला बर्षहरुमा विश्वमा हरेक साढेचार दिनमा एक जना पत्रकारको हत्या हुने दाबी गरेको छ । पछिल्लो एक दशकमा विश्वभर ८२७ जना पत्रकारको हत्या आफ्नो जिम्मेवारीका क्रममै भएको छ । कामकै सिलसिलामा कार्यस्थलमा रहेको अवस्थामा हत्या सिरिया, इराक, लिबियालगायतका अरब राज्यहरुमा युनेस्कोका महानिर्देशकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ । अरबपछि पत्रकार बढी असुरक्षित मानिएका मुलुकहरुमा दक्षिण अमेरिका क्षेत्रका मुलुकहरु रहेको बुधबार युनेस्कोद्वारा सार्वजनिक ‘सेफ्टी अफ जर्नलिस्ट एन्ड डेन्जर अफ इम्प्युनिटी’ नामक युनेस्कोको प्रतिवेदनमा जनाइएको हो । सन् २००६ देखि सन् २०१५ सम्मका प्रतिवेदनले जनाए अनुसार गतदुई वर्षमा ५९ प्रतिशत घटना द्वन्द्वग्रस्त क्षेत्रमा भएका थिए । यो समयमा मारिएका २१३ जना पत्रकारमध्ये ७८ जना पत्रकार (३६.५ प्रतिशत) अरब मुलुकहरुमा मारिएका थिए । पत्रकारमाथिको हिंसा पछिल्लो समय पश्चिमी युरोप तथा उत्तरी अमेरिकामा पनि बढेको देखिएको युनेस्कोले जनाएको छ । हरेक देशमा विदेशी पत्रकारभन्दा स्वदेशी पत्रकार नै हत्याको शिकार हुने गरेकोे युनेस्कोको अध्ययनले देखाएको छ । सन् २०१५ यता अनलाइन पत्रकारिता गर्ने पत्रकारहरु माथिको हिंसामा व्यापक वृद्धि भएको छ । सन् २०१४ को तुलनामा सन् २०१५ मा २१ जना बढी पत्रकार मारिएका छन् । यसरी मारिनेमा आधासिरियाली अनलाइन पत्रिकासँग आवद्ध भएको पाइएको छ । महिला पत्रकारको तुलनामा मारिने पुरुष पत्रकार १० गुणा बढी भएको अर्थात् सन् २०१४-१५ मा जम्मा १८ महिला पत्रकार मारिएका छन् भने १९५ पुरुष पत्रकारले हिंसाका कारण ज्यान गुमाएका छन् । –एजेन्सी

Patrakar UNESCO

विशेष