News

पूर्वराष्ट्रपति यादवसँगकाे भेटमा भारतीय राष्ट्रपति मुखर्जी गम्भीर मुहारमा

पूर्वराष्ट्रपति यादवसँगकाे भेटमा भारतीय राष्ट्रपति मुखर्जी गम्भीर मुहारमा
कात्तिक १८ ।  भारतका राष्ट्रपति प्रणव मुखर्जी र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच बिहीबार भेटवार्ता भयो । भेटका अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपति मुखर्जी र पूर्वराष्ट्रपति यादवबीच व्यक्तिगत मित्रतासमेत रहेको छ । अध्ययनका क्रममा यादव कोलकातामा रहँदा मुखर्जीसँग मित्रता कायम भएको हो । अन्य नेतासँगको भेटमा भन्दा पूर्वराष्ट्रपति यादवसँगको भेटमा भारतीय राष्ट्रपति मुखर्जी गम्भीर मुहारमा उपस्थित भएका थिए ।

pranab mukharji rambaran yadhab

विशेष