News

दसैं बिदामा घर गएका कर्मचारी अझै कार्यालय फर्केनन्

दसैं बिदामा घर गएका कर्मचारी अझै कार्यालय फर्केनन्
कात्तिक १८ । यहाँका जिल्ला विकास समितिसहित १६ कार्यालय प्रमुख विहीन भएका छन्। दसैं बिदामा घर गएका कार्यालय प्रमुख तथा कर्मचारी तिहार सकिसक्दा पनि नफर्केपछि जिल्लाका अधिकांश सरकारी कार्यालय प्रमुख विहीन भएका हुन्। जिविस, कृषि, मालपोत, नापी, शिक्षा, स्वास्थ्य, निर्वाचन, जलप्रकोप, सिँचाइ, पशु सेवा, आयुर्वेद, कोलेनिका, हुलाक, महिला विकासलगायतका कार्यालका प्रमुख अझैसम्म पनि कार्यालय फर्केका छैनन्। स्थानीय निकाय पुनःसंरचनाको कामलाई समेत बेवास्ता गरेर स्थानीय विकास अधिकारी सागर मिश्र गत असोज ३ गतेदेखि संपर्कबिहिन भएको नागरिक समाजका अध्यक्ष्य शेरबहादुर बुढाले बताए। कार्यालयमा कर्मचारी नबस्ने समस्या हेलो सरकारसम्म पुर्याएपछि सम्बन्धित मन्त्रालय तथा क्षेत्रीय कार्यालयले दिएको निर्देशन समेत बेवास्ता गरेर कार्यालयमा अनुपस्थित हुने गरेको उनको भनाइ थियो। यहाँका कार्यालयमा एक दुई जनाबाहेक अन्य कर्मचारी सबै बिदामा रहेकाले सर्वसाधारण हरेक प्रकारका सेवा सुविधाबाट वञ्चित भएको समेत अध्यक्ष बुढाले गुनासो गरे।

Karmachari karyalaya

विशेष