News

भारतीय राष्ट्रपति जनकपुर, पोखरा र लुम्बिनी जाँदै, यस्तो छ कार्यक्रम

भारतीय राष्ट्रपति जनकपुर, पोखरा र लुम्बिनी जाँदै, यस्तो छ कार्यक्रम
समाचार / काठमाडौँ

indian-president-branab-mukhrjee 

कात्तिक – १८ । तीन दिने नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तेस्रो दिनको भ्रमण जनकपुर, पोखरा र लम्बिनी रहेको छ । काठमाडौँको दुई दिने भ्रमणपछि उनीलाई सरकारले बुद्ध एअरको विमान चार्टर गरे जनकपुर, पोखरा र लुम्बिनी घुमाउन लान लागेको हो । ट्राफिक जाम (बिहान ९ देखि ११ बजेसम्म)
राष्ट्रपति मुखर्जी जनकपुर, पोखरा र लुम्बिनी जाने कार्यक्रम रहेकाले काठमाडौँ उपत्यकाको सवारी आवागमन धेरै समय अवरोध हुने छैन । तर, पनि यस दिन बिहान ९ देखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगङ्गा, एयरपोर्ट, तीनकुने हुँदै सञ्चालन हुने सवारी साधन प्रभावित हुने भएको छ । उल्लिखित मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । विमान स्थल दुई पटक अवरुद्ध मुखर्जीको जनकपुर, पोखरा र लुम्बिनी भ्रमणका कारण शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दुई पटक बन्द हुने छ । मुखर्जी पहिला काठमाडौंबाट जनकपुर जाने क्रममा बिहान १० बजेदेखि १०ः३० सम्म विमानस्थल बन्द रहने छ । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी गरिएकाे हाे।


जनकपुरबाट काठमाडौँ आइ दिउँसो २ बजे पोखरा जाने कार्यक्रम रहेको छ । पोखराबाट उनी लुम्बिनी पुग्ने छन् । बेलुका फर्किदा ४ः१५ देखि ५ः१५ सम्मका लागि विमानस्थल बन्द हुने छ । पोखरा विमानस्थल एक घण्टाका लागि अवरुद्ध हुने छ । मुखर्जी जनकपुर, पोखरा र लुम्बिनी भ्रमणका लागि बुद्ध एयरको विमान चार्टर्ड गरिएको छ ।
जनकपुर भ्रमण
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न भ्रमणको स्वागत गर्न जनक नगरी जनकपुरका सर्वसाधरण भव्य स्वागत गर्न तयार अवस्थामा रहेका छन् । राष्ट्रपतिको जनकपुर भ्रमणको क्रममा सर्वसाधारणलाई आफ्नो घरबाट बाहिर निस्केर स्वागत तथा नेपाल भारतको संयुक्तरुपमा झन्डा फहराएर स्वागत गर्ने छन् । जानकी मन्दिरमा पूजापाठ त्यस्तै, जनकपुर उपमहानगरपालिकाले उनलाई जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने छ । उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । मुखर्जी जनकपुर भ्रमणको क्रममा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन् । हुलाकी सडकको शिलान्यास मुखर्जी हुलाकी सडकको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ । मुखर्जी जनकपुर आउने विषयमा केही साता पूर्व नै भारतीय अधिकारीले जनकपुर आएर विभिन्न स्थलको अवलोकन गरिसकेका थिए । उनीहरुले सुरक्षा लगायतको विषयमा जानकी मन्दिरमा पुगेर स्थलगत अनुगमन समेत गरिसकिएको छ ।
पोखरा भ्रमण
भारतीय राष्ट्रपतिको शुक्रबार हुन लागेको पर्यटकीय नगरी पोखराको भ्रमणलाई भव्य बनाउनका लागि सम्पूर्ण तयारी गरिसकिएको छ । पोखरेली जनता भारतीय राष्ट्रपतिको न्यानो स्वागतको अन्तिम तयारीमा रहेका छन् । पेन्सन क्याम्पमा सम्बोधन उनले पोखरामा भारतीय पेन्सन क्याम्पमा पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पोखरा ग्राण्डमा लन्चसहित एक घण्टा आराम गरेपछि दिउँसो २ बजेपछि क्याम्प जाने कार्यक्रम तय भएको छ । उनले करिब ३ घण्टा पोखरामा बिताउने छन् । मुखर्जीले रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा करिब एक घण्टा सम्बोधन गर्नेछन् । पूर्व तयारी राष्ट्रपति मुखर्जी सर्वप्रथम आउने पोखरा विमानस्थलदेखि उनले केही समय आराम गर्ने होटल पोखरा ग्रान्ड र पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म पूर्वअभ्यास गरिएको हो । राष्ट्रपति भ्रमणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक जनाएको छ ।
लुम्बिनी भ्रमण
पाेखराकाे कार्यक्रमपछि उनी लुम्बिनी पुग्ने छन् । लुम्बिनीकाे भ्रमणपछि उनी काठमाडाैँ फिर्ता हुने छन् । यसअघि २०७१ मंसिर १० र ११ गतेसम्म चलेको सार्क सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी जाने बताइ थियो । तर अन्तिम अवस्थामा उनको कार्यक्रम रद्द भएको थियो । लुम्बिनीको भ्रमणपछि मुखर्जी काठमाडौँ फकिने छन् । काठमाडौं फर्किएपछि बेलुकी भारत फर्कनेछन् ।
 

janaki mandir Janakpur Lumbini Pokhara Pranab Mukharjee Visit Nepal

विशेष