विदेश

असन्तुष्टिको बेवास्ता गर्दै राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

असन्तुष्टिको बेवास्ता गर्दै राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
कात्तिक–१८ । दक्षिणकोरियाका राष्ट्रपति पार्क गून्हेले नयाँप्रधानमन्त्री नियुक्त गरेकी छिन् । राजिनामा दिन भनेर आएको चौतर्फी दबाबकाबीच राष्ट्रपति पार्कले आफ्नै पार्टी भित्रको असन्तुष्टिलाई बेवास्ता गर्दै पछिल्लो राजनैतिक संकट साम्य पार्न किमब्यूङ जूनलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेकी हुन् । ह्वाङ क्यो आनलाई विस्थापित गर्दै नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका जून राजधानी सोल स्थित कूकमिन विश्वविद्यालयका प्राध्यापक र दिवंगत राष्ट्रपति रोह मू ह्यूनका निकट सहयोगी समेत हुन् । त्यस्तै राष्ट्रपति पार्कले मन्त्रीपरिषद् हेरफेर गर्दै अर्थमन्त्रीमा यिम जुङ योङ, सार्वजानिक सुरक्षा र सुरक्षा मन्त्रालयमा जिम्मेवारी पार्क सेङ जूलाई दिएकी छिन् । लामो समय देखिको साथी छो सून सिलले अनुचित प्रभाव पार्दै राजनैतिक र आर्थिक फाइदा लिएको प्रकरण गहिरिदै गएको समयमा राष्ट्रपति पार्कले मन्त्रीमण्डल हेरफेर गरेकी हुन् । राष्ट्रपतिलाई प्रभावपारेर राज्यको मामला हस्तक्षेप गरेको अभियोग लागेकी विवादित महिला सिललाई विना वारेन्ट प्रहरीले नियन्त्रणमा लिएको छ । गैर सरकारी व्याक्तिलाई राज्यको मामलामा पहुँच दिएको भन्दै सडकमा राष्ट्रपति पार्कको राजिनामा माग राख्दै प्रदर्शन हुँदै आएको छ ।

Park Geun-hye South Korea

विशेष