News

राष्ट्रपति मुखर्जीलाई काठमाडौँ महानगरपालिकाको साँचो हस्तान्तरण

राष्ट्रपति मुखर्जीलाई काठमाडौँ महानगरपालिकाको साँचो हस्तान्तरण
समाचार / काठमाडौ‌ंँ

कात्तिक - १८ । भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको निरन्तर प्रगति र विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले नेपालको विकासका प्राथमिकता तथा भूकम्पपछिको पुनःनिर्माणमा भारतले सघाउने बताए । unnamed8 उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला घोषित सहायता रकम नेपालको विकास–निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरे । भारत र नेपालबीचको फलदायी सम्बन्धबाट आफू सन्तुष्ट रहेको भन्दै भारतीय राष्ट्रपति मुखर्जीले भने, ‘२००७ सालदेखि नै भारतले नेपालको सामाजिक–आर्थिक विकासमा मद्दत गर्दै आएको छ ।’ unnamed नेपाली समाजका सबै पक्षलाई साथमा लिएर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति मुखर्जीले त्यसबाटै नेपालको विकासको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे । नेपालको आर्थिक प्रगति, राजनीतिक स्थायित्व र शान्ति भारतको चाहना रहेको र त्यसमा भारतको सदैब साथ रहने जानकारी समेत गराए । राष्ट्रपति मुखर्जीले बेलायती उपनिवेशबाट भारतलाई मुक्त गर्न आफ्नो मुलुकका नेताहरुले थालेको आन्दोलनमा नेपालका नेताहरुबाट भएको योगदानको स्मरण गर्दै त्यसलार्ई भारतले उच्च सम्मान गरेको बताए ।भारत र नेपालबीचको ऐतिहासिक एवम् परम्परागत सम्बन्धलाई भारतले उच्च महत्व दिएको र आफ्नो भ्रमणको उद्देश्य पनि दुई देशबीच समझदारी अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र प्रगाढ बनाउनु रहेको जानकारी गराए । /fi6«klt d'vhL{nfO{ dxfgu/kflnsfsf k|d'våf/f gful/s clegGbg ef/tLo /fi6«klt k|0fj d'vhL{nfO{ laxLaf/ /fli6«o ;efu[xdf sf7df8f}F dxfgu/kflnsfsf k|d'v ?b| l;+x tfdfªåf/f gful/s clegGbg ul/Fb} . tl:a/M k|bLk/fh jGt, /f;; राष्ट्रपति मुखर्जीले भारत र नेपालबीचको सम्बन्ध सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुदृढ एवम् प्रगाढ रहेकोमा जोड दिए । उनले भने, ‘काठमाडौँ राजनीतिक राजधानी मात्र नभई अध्यात्मको केन्द्र पनि हो । हजारौँ भारतीय पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न यहाँ आउँछन् । नेपालीहरु पनि काशी विश्वनाथलगायत भारतका अन्य तीर्थयात्रामा निस्कन्छन् । यो मेरो भ्रमण तीर्थयात्रा पनि हो ।’ पवित्र सहर काठमाडौँका जनताबाट न्यानो स्नेह पाएकोमा खुसी व्यक्त गर्दै राष्ट्रपति मुखर्जीले नागरिक अभिनन्दनप्रति कृतज्ञता व्यक्त गरे । उनले विगतको तुलनामा काठमाडौँ धेरै परिवर्तन भएको बताउँदै सुन्दर सहर काठमाडौँ राजनीतिक राजधानी मात्र नभई आध्यात्मिक पवित्र शहर भएको धारणा राखे । 4-1 काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले राष्ट्रपति मुखर्जीलाई काठमाडौँ महानगरपालिकाको प्रतिकात्मक साँचो हस्तान्तरण गरे । कार्यकारी प्रमुख तामाङले राष्ट्रपति मुखर्जीको भ्रमणबाट नेपाल–भारतबीच रहेको सदियौँदेखिको घनिष्ठ सम्बन्ध नयाँ आयममा विकसित हुन पुगेको विश्वास व्यक्त गर्दै सामाजिक, आर्थिक तथा सांस्कृतिक सामिप्यताका साथै नागरिक तहमा रहेको बहुआयामिक सम्बन्ध र आपसीहित प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

ambulance problem in kathmandu kathmandu Mahanagarpalika pranab mukharjee

विशेष