ताजा खबर राजनीति News

भारतीय राष्ट्रपति प्रणव मुखर्जी र एमाले अध्यक्ष ओली भेट

भारतीय राष्ट्रपति प्रणव मुखर्जी र एमाले अध्यक्ष ओली भेट

oli कात्तिक १९ । नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र नेकपा एमालेका अध्यक्ष एवम प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति मुखर्जी बस्दै आएको होटल ह्यातमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।भेटका अवसरमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीको भ्रमणको सफलता र दुई देशको मित्रता अघि बढोस् भनी शुभकामना व्यक्त गरे ।

राष्ट्रपति मुखर्जीले भारतले नेपालमा स्थिरता होस, राम्रो होस, विकास होस् भन्ने चाहन्छ भन्ने कुरा सो अवसरमा राखेको ओलीले जानकारी दिए । ‘हामी नयाँ संविधान कार्यान्वयनको चरणमा छौं, संविधान कार्यान्वयनको निम्ति अघि बढिरहेका छौं’’ भन्नेबारेमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीलाई जानकारी गराउँदा उनले त्यसप्रति खुसी व्यक्त गरेका थिए ।

भेटका अवसरमा उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, महासचिव ईश्वर पोखरेल, नेत्री अष्टलक्ष्मी शाक्य, डा राजन भट्टराईलगायतका नेता सहभागी थिए ।

Oli mukharjee

विशेष