News

राष्ट्रपति मुखर्जीलाई जनकपुरबासीले के दिए अभिनन्दन पत्रमा (पत्रसहित)

राष्ट्रपति मुखर्जीलाई जनकपुरबासीले के दिए अभिनन्दन पत्रमा (पत्रसहित)
कात्तिक १९ । नेपाल भ्रमणका क्रममा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुरबासीले नागरिक अभिनन्दन गरेका छन् । मुखर्जीलाई प्रदान गरिएको अभिनन्दन पत्रमा उनलाई ‘विशिष्ट पाहुना,’ ‘नेपालका घनिष्ठ मित्र,’ ‘विद्वता र ज्ञानका प्रखर प्रतिनिधि,’ ‘दुरदर्शी स्वप्नद्रष्टा तथा कर्मठ कर्मयोगी’ जस्ता पदावलीहरुले सम्बोधन गरिएको छ । अभिनन्दन पत्रमा मुखर्जीको भ्रमणमा जनकपुरवबासीले सीता–स्वयंवरको दृश्यलाई सम्झिएको उल्लेख गरिएको छ । सहअस्तित्वको सहज भावनामा संसार बाँच्ने र बाँच्न दिने शाश्वत सत्यलाई मुखर्जीको मन वचन र कर्मले उद्घोषित गरेको भन्दै प्रशंसा गरिएको छ । त्यसैगरी अभिनन्दन पत्रमा मुखर्जीले जीवनभर मूल्यहरुको रक्षार्थ लडेको सम्झना गर्दै वर्तमान विश्वका चुनौतीहरुलाई सामना गर्न वर्तमान विश्व ‘यहाँको चिन्तन आलोकतिर आशातीत दृष्टिले नियाल्दछ’ भनिएको छ । अत्याधुनिक महानगरीय जीवनको सम्पूर्ण सुविधासम्पन्न नगरको रुपमा सीताको माइतीलाई विकसित गर्ने सपना जनकपूरबासीले पहिलेदेखि नै साँच्दै आएको उल्लेख गर्दै त्यसका लागि मुखर्जीको विशाल ज्ञान, दीर्घ अनुभव र सुतीक्ष्ण बुद्धिबाट प्रेरणा मिल्ने आशा पनि अभिनन्दन पत्रमा व्यक्त गरिएको छ । मुखर्जीलाई नेपाली, मैथिली र अंग्रेजी गरी तीन भाषामा अभिनन्दन पत्र प्रदान गरिएको थियो । pranab-abhinandan-patra

Janakpur pranab mukharji

विशेष