News

राष्ट्रपति भण्डारीको भारत भ्रमण तत्काल

राष्ट्रपति भण्डारीको भारत भ्रमण तत्काल
कात्तिक १९ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण छिट्टै गर्ने निर्णय गरेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको निष्कर्ष निकाल्दै सरकारले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले मन्त्रिरिषद् बैठकबारे जानकारी दिदै भने, ‘राष्ट्रपतिको भारत भ्रमणको तयारी गर्ने निर्णय भएको छ ।’ कार्कीका अनुसार उत्पीडित तथा दलित उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डा वुद्धिबहादुर नेपालीलाई मनोनयन गर्ने र विकास समितिहरुका अध्यक्ष नियुक्तिका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।

bharat braman bidhya bhandaari

विशेष