News

दिउँसो विरामी परेर थला परेका ओली राति मुखर्जी भेट्न पुगेपछि...

दिउँसो विरामी परेर थला परेका ओली राति मुखर्जी भेट्न पुगेपछि...
राजनीति । काठमाडौँ
कात्तिक – १९ । नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिकुल स्वास्थ्यका कारण भेट्न नसक्ने बताए पनि उनी बिहीबार साँझ ह्यात होटेलमा भेट्न पुगेका छन् । पूर्वप्रधानमन्त्री ओली फेसबुक स्ट्याटस लेख्दै उनले भारतीय राष्ट्रपतिलाई भेट्न नसक्ने बताएका थिए । १७ गते मंगलबार भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा नेपालस्थित भारतीय राजदूतावासमा आयोजित सो कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीका साथै एमालेका अन्य वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल अनुपस्थित थिए । तर, एमालेका उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल लगायतका नेताहरु भने कार्यक्रममा सहभागी भएका थिए । भारतीय राष्ट्रपति प्रणव मुर्खजीको लागि बिहिबार हायात होटलमा राखिएको भोजमा भने पुगेका छन । उनीसंगै एमाले नेता झलनाथ खनाल र माधब कुमार नेपाल पनि पुगेका हुन् । तर, बिहीबार बिहान करिव साढे आठ बजे केपी ओलीको नाममा पोष्ट भएको स्ट्याटसमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल विदेश रहेको उल्लेख छ । स्ट्याटसमा वरिष्ठ नेता नेपाललाई भियतनाम र खनाललाई जापानमा रहेको उल्लेख गरिएको छ । जब कि नेताद्वय नेपाल र खनाल राजधानीमै छन् । फेसबुक पोष्ट स्ट्याटसमा भनिएको छ, ‘माधवकुमार नेपाल कमरेड भियतनाम तथा झलनाथ खनाल कमरेड जापानको भ्रमणमा रहनु भएको साथै मेरो व्याक्तिगत समस्याको कारण हामी तीनैजना गणतन्त्र भारतका राष्ट्रपति महामहिम श्री प्रणव मुखर्जी ज्यूको स्वागतमा लैनचौरमा आयोजित कार्यक्रममा सहभागी हुन नपाएकोमा दुःख लागेको छ । मित्रराष्ट्र भारतका राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल भारत सम्बन्धमा थप उर्जा थप्ने कुरामा म लगायत नेकपा एमाले पार्टीको तर्फबाट आशावादी छु ।’ kp-oli तर, ओलीका प्रेस सल्लाहकार प्रमोद दाहाले उनको फेसबुकमा कस्ले स्ट्याटस लेख्यो भन्ने थाहा नभएका बताए । गलत सूचना र सन्देशसहित मुलुकको दोस्रो ठूलो दल एवम् पूर्व प्रधानमन्त्री भइसकेको व्यक्तिका नाममा लेख्न पाइन्छ कि पाइँदैन सोधीखोजीको विषय बनेको छ । यस विषयमा ओलीले मुख खोलेका छैनन । अध्यक्ष ओलीले फेसबुक नचलाउने भएकाले यो सूचना कसले लेख्यो थाहा नभएको ओलीका प्रेस सल्लाहकार दाहालले बताउँछन् । पहिलो दिन भारतीय राष्ट्रपतिको लागि नेपालस्थित भारतीय राजदूतावसमा गरिएको दिवा भोजमा उनको उपस्थिती नहुनलाई पछिल्लो समयमा एमाले र भारतबीच देखिएको खटपट्का कारण हुनसक्ने धेरैले आंकलन गरेका छन् ।अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला नेपाल–भारतबीचको सम्बन्धमा निकै ठूलो टकराब देखिएको थियो । भारतीय राष्ट्रपति मुखर्जी ३ दिने राजकीय भ्रमणका क्रममा बुधबार अपहराह्न १२ः३० मा भारतीय वायु सेनाको एयरफोर्स विमानबाट त्रिभुवन विमानस्थल काठमाडौँ अवतरण गरेका हुन् । मुखर्जीलाई राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका विशिष्ठ व्यक्तित्वहरुले विमानस्थलमा पुगेर भव्य स्वागत गरेका थिए । भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी समेत दिएको थियो ।

facebook post KP Oli

विशेष