News

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष आेलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष आेलीबीच भेटवार्ता
कात्तिक १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन विधेयक ल्याउने तयारी गरेका प्रधानन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । भेटवार्ता सिंहदरवारस्थित सभामुखको चेम्बरमा जारी छ । भेटमा संविधान संशोधन, अख्तियार प्रमुखविरुद्धको महाअभियोग लगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

bhetbarta KP Sharma Oli pm pushpa kamal dahal prachanda

विशेष