विदेश

ट्रम्पलाई जिताउन पत्नी मेलेनियाको साइबर अभियान

ट्रम्पलाई जिताउन पत्नी मेलेनियाको साइबर अभियान
कात्तिक १९ । अमेरिकी राष्ट्रपति पदका प्रत्याशी डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले अमेरिकाको प्रथम महिला हुन साइबर अभियान थालेकी छिन् । निर्वाचन प्रचारप्रसार अभियानमा विरलै मात्र देखिने उनले अभियानमा भने
’आफ्ना पति डोनाल्ड ह्वाइट हाउस पुगेमा अमेरिकी महिला तथा बालबालिकाका पक्षमा वकालती सेवामा लाग्ने’ पनि बताएकी छिन् ।

मतदानको मिति आउनु एक हप्ताभन्दा कम समयअगाडि फिलाडेल्फियाको ग्रामीण क्षेत्रमा बिहीबार आयोजित मत याचना कार्यक्रम (गेट–आउट–द–भोट)लाई सम्बोधन गर्दै उनले ’विशेष गरी बालबालिका तथा किशोरकिशोरीप्रति हाम्रो संस्कार अनुदार रहेकाले यसलाई परिवर्तन गरी बालबालिका तथा किशोरकिशोरीमैत्री बनाउनु अपरिहार्य रहेको’ बताइन् । वर्तमान सरकारप्रति व्यङ्ग्य कस्दै ’एउटी बाह्र वर्षकी निर्दोष किशोरी विद्यालय परिसरमै ख्यालठट्टा, धम्की वा दुव्र्यवहारको पात्र हुनुपर्ने कृयाकलाप बारम्बार दोहोरिइरहेको’मा चिन्ता व्यक्त गरिन् । निर्वाचन प्रचारप्रसार अभियानभरी नै उनका पति ट्रम्पले दिएका आक्रामक र धम्कीपूर्ण अभिब्यक्तिलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यमले उछालेका थिए । यस विषयलाई इङिगत गर्दै उनले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमले खतरा निम्त्याउने काम गरेको बताइन् । अनलाइन साइबर अभियानमा सो सम्बोधनको क्रममा ट्रम्पसँगको विवाह, आफ्ना छोराछोरीको गतिबविधिबारे चर्चा, आफू अमेरिकामा आप्रवासी भई बस्दाको अनुभवजस्ता नितान्त व्यक्तिगत मामिला पनि उनी खुलेर बोलिन् । ट्रम्प महिलाप्रति अनुदार छन्, जहिले पनि महिलाहरुको न्यून मूल्याङ्कन गर्छन् भन्ने आमजनधारणा पेन्सिल्भानिया तथा अन्य मुख्यमुख्य राज्यहरुमा तीव्ररुपमा विकसित हुँदै ट्रम्प विजयी हुने आशा घट्दै गएको डेमोक्र्याटहरुले दाबी गरिरहेको अवस्थामा मेलानियाले सो अभियान थालेकी हुन् ।

Donald Trump melaniya trump

विशेष