अमेरिकी राष्ट्रपति चुनावको दिन रक्सी बेच्न नपाइने
वर्ल्ड । काठमाडौँ ।
कात्तिक – १९ । अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । नोभेम्बर ९ मा हुन लागको राष्ट्रपतिको चुनावका दौरान रक्सी बेच्न नपाइने भएको छ ।
अमेरीकामा चुनावको समय रक्सी बेचविखन गर्न नपाइने भनेर कानुनमा भने उल्लेख गरिएको छैन । तर, पनि इन्डियाना लगायतका राज्य र स्थानीय शहर परम्परादेखि चल्दै आएको यो प्रथालाई अहिले पनि निरन्तरता दिने भएका छन् । हूसियर राज्यका १८ वटा शहर र सात प्रदेशमा नोभेम्बर ८ का दिन रक्सी बेच्न पूर्ण प्रतिबन्ध गरिएको बिबिसीले जनाएको छ ।
जर्ज वासिंटनको समयदेखि यो परम्परा चल्दै आएको छ । सन १७५८ मा हाउस अफ बु्रगेसेसमा प्रथम राष्ट्रपति वासिंटनले आफ्नो क्याम्पेनको लागि ५० पाउड स्टलिङ डलर खर्चिएर १ सय ६० ग्यालेन रक्सी आफ्ना भोटरहरलाई जितको खुसियालीमा बाँडेका थिए बाँडेका थिए ।
राष्ट्रपति वासिंटनले एउटा प्रमुख ह्विस्कि डिस्टिलरी माउन्टभर्नन खोलको थिए । उनको मृत्यु हुन पूर्व यो भजिर्नयाको सबैभन्दा ठूलो डिस्टिलरी सप थियो ।
america chinab ma raksi bechna napaine
election in america
wine