News

राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता, राष्ट्रपति भण्डारीले गरिन विदाइ

राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता, राष्ट्रपति भण्डारीले गरिन विदाइ
कात्तिक - १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर भारतीय राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता भएका हुन् । मुखर्जीलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेकी हुन् । मुखर्जीलाई विदाइ गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन पनि त्रिभुवन विमानस्थल पुगेका थिए । भारतीय राष्ट्रपति मुखर्जी नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका थिए । भारतीय राष्ट्रपति मुखर्जी नेपाल बसाइका क्रममा जनकपुर र पोखरासमेत पुगेका थिए। मुखर्जी शुक्रवार बिहान जनकपुरको जानकी मन्दिरको दर्शन गर्नुका साथै त्यहाँ आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएका थिए। जनकपुरबाट पोखरा पुगेका मुखर्जी त्यहाँबाट काठमाडौं फर्किनासाथ स्वदेश फर्किएका हुन्। मुखर्जी गत कात्तिक १७ गते नेपाल आएका हुन्।

pranab mukharji

विशेष