विदेश

इन्डानेसियाकाे डुङ्गा दुर्घटनामा मृत्यु हुने सङ्ख्या ५४ पुग्याे

इन्डानेसियाकाे डुङ्गा दुर्घटनामा मृत्यु हुने सङ्ख्या ५४ पुग्याे
कात्तिक - १९ । इन्डानेसियाको पश्चिमी क्षेत्रमा गत बुधबार भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५४ पुगेको छ। यस दुर्घटनामा अझै अन्य छ जना बेपत्ता रहेका र उद्धारकार्य जारी रहेको बताइएको छ। घटनास्थलमा बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको राष्ट्रिय खोजी तथा उद्धार कार्यालयका प्रवक्ता मरसुदीले जानकारी दिएका छन्। क्षमता भन्दा बढी इन्डोनेसियाली कामदारहरु सवार रहेका र उच्चगतिका रहेको यो डुङ्गा इन्डोनेसियाको बताम द्विपमा गत बुधबार दुर्घटनाग्रस्त भएको थियो। खोजी तथा उद्धारका लागि प्रहरी, स्थानीय उद्धारकर्ता, स्वमसेवीलाई परिचालन गरिएको उनले बताएका छन्। बुधबार भएको यस दुर्घटनामा सुरुमा १९ व्यक्तिको मृत्यु भएको थियो । दर्जनौं शवहरु उद्धारकर्ताहरुले बाहिर निकालेकापछि शुक्रबारसम्म यो सङ्ख्या ५४ पुगेको हो। खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको र अन्य ४१ जनालाई जलक्षेत्रबाट सकुशल उद्धार गरिएको मरसुदीले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिएका छन्। क्षमता भन्दा बढी व्यक्ति, उच्च गति र खराव मौसमको कारण सो डुङ्गा दुर्घटना भएको जनाइएको छ।

Indonesia boat accident

विशेष