प्याराग्लाइडिङबाट खसेर युवकको मृत्यु

कात्तिक - २० । स्याङ्जाको स्वरेक गाविस– १ मा प्याराग्लाइडिङबाट खसेर एक युवकको मृत्यु भएको छ ।
शुक्रबार साँझ ५ बजे पोखरा लेकसाइड घर भएका २३ वर्षीय शैलेन्द्र पहाडी प्याराग्लाइडिङबाट खसेर भीरको रुखमा परेका थिए । स्थानीयले उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रमुख एसपी देवबहादुर बोगटीले बताए । उनका अनुसार पहाडी ब्लु स्काई प्याराग्लाइडिङ स्कुलमा प्याराग्लाइडिङ सिक्ने विद्यार्थी हुन् ।
शव पोष्टमार्टमको लागि परिवारलाई जिम्मा दिएको प्रहरीले जनाएको छ ।
mirtue
pyaraglaiding