विदेश

अफगानिस्तानमा जिल्ला गभर्नरलक्षित बम आक्रमण

अफगानिस्तानमा जिल्ला गभर्नरलक्षित बम आक्रमण
कात्तिक - २०। अफगानिस्तानमा जिल्ला गभर्नरलाई लक्षित गर्दै भएको बम आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गभर्नर यात्रा गरिरहेको गाडीलाइ लक्ष्यगरी अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नान्गाहार सहरमा शनिबार बम आक्रमण भएको प्रान्तीय गभर्नरका प्रवक्ता अत्तुल्लाह खोगीआनीले जानकारी दिए । नान्गाहार प्रान्तको बाटिकोट जिल्लाका गभर्नर हाजी गालिब मजाहिद कार्यालयतर्फ गईरहेका बेला विहान आक्रमण भएको जनाइएको छ । आक्रमणबाट उनलाई केही नभएपनि गाडीका चालकको मृत्यु भएको छ भने, उनका अङ्गरक्षक घाइते भएका छन् । विद्रोही लडाकुहरुले गराएको सो घटनाका दोषी पत्ता लगाई कारवाही गर्ने प्रक्रिया अगाडी बढाईसकिएको प्रवक्ता खोगीआनीले जानकारी दिए । नान्गाहार क्षेत्रमा सक्रिय तालिवानी र इस्लामिक स्टेटका लडाकूहरुले यस आक्रमणको जिम्मेबारी लिएका छैनन् ।

afganistan blast ISIS

विशेष