यसरी मनाउँदैछन् नेताहरुले छठ, लालबाबु पण्डितदेखि राजेन्द्र महतोसम्म
समाज । राजनीति । काठमाडौँ
कात्तिक – २० । तिहार सकिने बित्तिकै सुरु भएको छठ पर्वको रौनक अहिले उत्कर्षमा पुगेको छ । विशेषगरी मिथिलाञ्चलवासीको महान् पर्व छठ भनिएता पनि अन्य क्षेत्रकाले पनि मनाउन थालेका छन् । सम्पूर्ण मिथीलावासीहरु सहित तराई केन्द्रीत राजनीतिक दलका नेताहरु पनि यतीबेला छठ पर्व मनाउन ब्यस्त छन् । कुन नेता कसरी मनाईरहेका छन त यो महान पर्व ?
लालबाबु पण्डित – परिवारका साथ पूर्वसामान्य प्रसाशनमन्त्री तथा एमाले नेता लालाबु पण्डित छठपर्व धुमधामसंग मनाउने बताउँछन् । उनी शनिबार आफ्नो गृह जिल्लामा आयोजना गरिएको छठका विभिन्न कार्यक्रममा सरिक भएर फर्किएका छन् । ‘पहिला आमाले वर्षेनी छठ मनाउनु हुन्थ्यो,’ नेपालआजसंग कुरा गर्दै उनले आफ्नो विगत सम्झिए ‘अहिले उहाँ हुनुहुन्न तर पनि रमाइलोसँग मनाइन्छ ।’ पण्तिका अनुसार यसपाली उनी परिवारसंग काठमाण्डौमा छठ मनाउँदै छन् । परिवारसंगै छठ मनाउने स्थानमा सरिक हुने उनको योजना छ । ‘विराटनगर घरमा पनि मनाउँछन्’ उनले भने – ‘म परिवारसंग यता मनाउँछु ।’
राजेन्द्र महतो – निष्ठापूर्वक छठ सद्भावना पार्टीको अध्यक्ष राजेन्द्र महतो आफू पवित्र र निष्ठापूर्वक छठ पर्व मनाउदै आएको बताउँछन् । ‘पहिलेदेखि अहिलेसम्म जहाँ जुनसुकै ठाउँमा भएपनि छठ मनाउदै आएको छु ।’ उनले भने ‘यो हाम्रो महान पर्व हो ।’ महतो यो वर्ष काठमाडौँमा छठ मनाउँछन् । गृह जिल्ला रौतहटबाट भर्खरै आएकाले उनी यतै छठ मनाउने भएका हुन् । उनी छठको दिन काठमाडौँको गौरीघाटमा हुने छठपूजामा सहभागी हुँदै छन् । अन्य तराईबासी महिला जस्तै उनकी श्रीमती पनि छठको व्रत बस्ने उनले बताए । सरकारले छठलाई उपेक्षा गरेको महतोको बुझाई छ । ‘दसैँ तिहारमा सरकारले लामो बिदा दिन्छ । तर, मधेसीको पर्व भनेर छठमा एक दिन मात्र बिदा दिन्छ । छठ ४ दिन मनाईन्छ । ३ दिन निर्जल ब्रत बस्छन । तर बिदा चाही एकदिन मात्र हुन्छ ।’ उनले नेपालआजसंग भने ।
किरण यादब – साथीभाइसँग पूर्वराष्ट्रपति रामवरण यादब पुत्री किरण यादबले यो वर्षको छठ पर्व आफ्नो माईत धनुषामा मनाउने बताएकी छिन । उनले नेपालआजसंग कुरा गर्दै भनिन ‘पूजा गरेर र ब्रत बसेर यतै साथीहरुसंग भेटघाट गरेर छठ मनाउँछु । धेरै साथीहरुले बोलाएका छन ।’ पूर्वराष्टपति डाक्टर यादब यसपाली काठमाडौँमा नै छन् । बुबाको हालै क्यान्सरको अपरेशन भएकाले काठमाडौँमै आरम गर्ने उनले बताइन । किरण भन्छिन ‘बुवा नभएपनि यतै साथीभाइसंग शुभकामना आदानप्रदान गरेर मनाउँछु । ’
लक्ष्मणलाल कर्ण – भेटघाटमा व्यस्त सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण छठ पर्वलाई आफ्ना खास पर्व मान्छन् । छठ पर्वको लागि उनी काठमाडौँबाट शनिबार बिरगंज पुगेका छन् । भन्छन ‘अस्ताउदो सूर्यलाई पवित्र मनले पूजा गरेर मनाउने पर्व यो प्रकृतीको पूजा हो । यसबाट सबैले विनम्रतापुर्व बस्नुपर्ने सिकिन्छ ।’ उनी परिवारसंग नजिकको तलाउमा गएर छठ मनाउने बताउछन् । त्यसको साथसाथै आफन्तजनको भेटघाटमा व्यस्त रहने उनले नेपालआजलाई बताए ।
पर्वको पहिलो दिन आज व्रतीहरूले नहा–खा अर्थात् नुहाएर खाने गर्दछ अर्थात् जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन मङ्गलबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् र राति बिनानुन हालेको खानेकुरा खाने चलन छ ।
बिजय कुमार गछ्दार - धुमधामसंग मधेसी जनअधिकार फोरम अध्यक्ष बिजय कुमार गछ्दार छठ मनाउन बिराटनगरमा पुगेका छन् । उनले आफन्त तथा साथीभाइहरुसंग भेटघाट गरेर छठ मनाउने बताउँछन् । नेपाआजसंग कुरा गर्दै उनले भने ‘पहिलेदेखि नै छठ मनाउदै आएको छु । महान चाड धुमधामसंग मनाउँछु ।’
यसरी मनाईन्छ छठ विभिन्न पोखरी, बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाउने चलन छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् । पर्वको पहिलो दिन आज व्रतीहरूले नहा–खा अर्थात् नुहाएर खाने गर्दछ अर्थात् जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन मङ्गलबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् र राति बिनानुन हालेको खानेकुरा खाने चलन छ । त्यस्तै षष्ठीका दिन साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धा्रित जलाशयनजिक बनाएको छठ घाटसम्म पुग्नेछन् । सो दिन व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् । त्यस्तै त्यसको भोलिपल्ट बिहीबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पु¥याउनुपर्छ तर चढाउने सामथ्र्य नभएका गम्हरी चामल मात्र चढाए पनि देउता प्रशन्न हुनुहुन्छ भन्ने विश्वास पाइन्छ ।
– सागर बुढाथोकी bijayakumar gachhadar chath parba kiran yadab Lal babu pandit laxmanlal karna rajendra mahatto yesari manayenxa chaith