News

कांग्रेस नेतृ सुजातालाई स्तन क्यान्सर

कांग्रेस नेतृ सुजातालाई स्तन क्यान्सर
कात्त्कि – २० । कांग्रेस नेतृ सुजता कोइरालालाई स्तन क्यान्सर भएको छ । मलेसिया भ्रमणमा रहेकै बेला अस्वस्थ्य भई उपचार गराउँदा कोइरालालाई स्तन क्यान्सर भएको पत्ता लागेको हो । मलेसियामा नै शल्यक्रिया गरी कोइराला एकसाता अघि नेपाल फर्केकी सकेकी छन् । उनकाे रिपाेर्ट अाउन भने बाँकी रहेकाे छ । रिपाेर्टपछि कुन स्तरकाे क्यान्सर लागेकाे हाे पत्ता लाग्ने परिवार स्राेतले बतायाे ।केमियाेथेरापीका लागि परिवारले उनलाई सिंगापुर लाने तयारी गरेकाे छ । कोइराला मण्डिखाटारस्थित निवासमै स्वास्थ्य लाभ गरिरहेकी छिन् । परिवारका सदस्य, आफन्त र पार्टीका शीर्ष नेतृत्वबाहेक उनी कसैसँग पनि सम्पर्कमा आएकी छैनन् । एशियाली महिलाहरुको सञ्जाल (आईक्याप)को सम्मेलनमा भाग लिन कोइराला मलेसिया गएकी थिइन् । सम्मेलन सकिएपछि आफ्नो छोरी ज्वाईसँग रहेकी कोइरालालाई एक्कासी रिंगटा लागेपछि अस्पताल लगिएको थियो । अस्पतालमा परिक्षणका क्रममा उनलाई क्यान्सर लागेको थाहा पाएपछि ढिलाई नगरीकनै उनको शल्यक्रिया गरिएको हो । शल्यक्रिया भएको केही दिनमै उनी नेपाल फर्केकी हुन् ।

brest cancer Sujata Koirala

विशेष