विदेश

राष्ट्रपतीय चुनावका दिन अल कायदाले दियो अमेरिकामा आक्रमण गर्ने चेतावनी

राष्ट्रपतीय चुनावका दिन अल कायदाले दियो अमेरिकामा आक्रमण गर्ने चेतावनी
कात्तिक २० । अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाले अमेरिकामा ठूलो आक्रमण गर्ने तयारी गरेको खुलासा भएको छ । अमेरिकी गुप्तचर विभाग (एफविआई) ले न्युयोर्क, टेक्सस र भर्जिनियाको स्थानीय प्रशासनलाई सो समबन्धी चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अमेरिकी गुप्तचर विभागले अल कायदा अमेरिकी राष्ट्रपति निर्वाचनको ठिक एक दिन पहिला ती ठाउँमा आक्रमण गर्ने तयारीमा रहेको चेतावनी दिएको हो । संचारमाध्यमका अनुसार गुप्तचर विभागले शुक्रबार सो चेतावनी दिएको हो । गुप्तचर विभागका अधिकारीले ज्वाइन्ट टेरोरिजम फोर्सलाई आतंकवादी आक्रमणलाई दिएर अलर्ट भएर बस्न निर्देशनसमेत दिएको छ । एफबिआइको सो रिपोर्टमा स्पष्ट रुपमा केही नभनेपनि काउन्टर टेरोरिजम र होमल्याण्ड सुरक्षा कम्युनिटी सतर्क अवस्थामा रहेको र कुनै पनि प्रकारका आतंकवादी आक्रमण रोक्न सक्षम रहेको जनाएको छ । एफविआइले फेडेरल, स्टेट र स्थानीय सुरक्षा एजेन्सीसँग मिलेर कुनै पनि प्रकारको खतरालाई पहिचान गर्न जुटेको जनाएको छ । अमेरिका होमल्याण्ड सुरक्षा विभागका कुनै पनि अधिकारीले सो विषयमा टिप्पणी नगरेको संचारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकामा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनकाबीचको प्रतिश्पर्धामा विद्वेष बढ्दै गएका कारण हिंस्रक संघर्षको आशंका पहिला देखि नै रहँदै आएको छ । सो बाहेक कम्प्युटर ह्याकिङसाथै अन्य देशद्वारा भोट प्रभावित गर्न झुठा खबर फैलाएको आशंकासमेत गरिएको छ ।

America american chaunab verginiya

विशेष