ताजा खबर News

पत्रकार सञ्जय न्यौपानेको निधन

पत्रकार सञ्जय न्यौपानेको निधन
कात्तिक – २० । कारोवार दैनिकका पूर्वसम्पादक साथै नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व उपाध्यक्ष सञ्जय न्यौपाने निधन भएको छ । आजै उनको आर्यघाटमा दाहसंस्कार गरिदै छ । न्यौपाने मस्तिष्क स्नायु प्रणालीसम्बन्धी रोगका कारण हरियाणाको मेदान्त अस्पताल उपचाररत थिए । ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनेर चिनिने स्नायु प्रणालीसम्बन्धी रोगका कारण एक वर्षयता मेदान्त अस्पतालमा उपचारमा रहेका न्यौपानेको स्वास्थ्य स्थितीमा पुनः समस्या देखिएपछि अस्पतालमा पुर्याइएको थियो ।उनी बिजयादशमीकै दिन एकाएक घरमैं बेहोस भएका थिए । पहिलो चरणको उपचार सकेर घर फिरेपछि फेरि अहिले रोगमा थप जटिलता देखिएकाले सन्जयलाई एक सातायता मेदान्तमा भर्ना गरिएको थियो । न्यौपाने कारोवार दैनिकका पूर्व सम्पादक हुन् । त्यसअघि उनी कान्तिपुर दैनिकका बिजिनेश ब्युरो प्रमुखसमेत थिए ।

Sanjya Adhiarki death

विशेष