अण्डर १९ एसिया कप क्रिकेट श्रीलंकामा, नेपालको पनि सहभागिता हुने

कात्तिक २१ । आगामी डिसेम्बर १० देखि २२ सम्म श्रीलंकामा यू–१९ एसिया कप क्रिकेट हुने भएको छ । पछिल्लो पटक २०१३–१४ मा यूएईमा भएको उक्त प्रतियोगिताको उपाधि भारतले जितेको थियो । त्यसयता हुन नसकेको यो प्रतियोगिता एसियन क्रिकेट काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि उसले पहिलो प्रतियोगिता गराउन लागेको हो ।
जसमा आयोजक श्रीलंकासँगै पाकिस्तान, भारत र बंगलादेशले खेल्नेछन् । यस्तै अफगानिस्तान, नेपाल, सिंगपुर र मलेसिया गरी आठ देशको सहभागिता रहने छ । आठ देशलाई दुई समूहमा बाँडेर खेलाइने छ ।
U-19 Cricket