ताजा खबर विदेश News

डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास, सुरक्षाकर्मीले बचाए

डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास, सुरक्षाकर्मीले बचाए

donald-trump-768x432

कात्तिक २१ । अमेरिकामा राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पमाथी आक्रमणको प्रयास भएको छ ।  सुरक्षाकर्मीहरुले मञ्चमा पुगेर ट्रम्पलाई धकेल्दै मञ्चको भित्रतिर लगेर लुकाए ।

एक व्यक्ति मञ्चबाट भीडतिर कुदेको देखियो । सुरक्षाकर्मीहरुले कार्यक्रमस्थलमा एक व्यक्तिलाई भुइमा लडाएर शरीरको तलासी लिए ।

केहीबेरपछि स्थिति सम्हालियो । र, ट्रम्पले मञ्चमा आएर फेरि भाषण सुरु गरे । उनले सुरक्षाकर्मीहरुले चाँडै काम गरेर आफ्नो व्यवसायिकता देखाएको भन्दै मञ्चबाटै धन्यवाद दिए ।

Donal Turmp

विशेष