ताजा खबर विदेश News

भारतमा बस दुर्घटना १६ को मृत्यु

भारतमा बस दुर्घटना १६ को मृत्यु

कात्तिक २१ । उत्तर भारतको हिमाञ्चाल प्रदेशमा शनिबार एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलाबाट करिब २०० किलोमिटर दूरीमा अवस्थित माडी सहरमा क्षमताभन्दा बढी भार लिए गुडिरहेको बस ड्राइभरकोे लापरबाही र अत्यधिक भारका कारण दुर्घटनाग्रस्त भएकोे प्रारम्भिक अनुसन्धानबाट थाहा भएको आफू घटनाको रिपोर्टिङ गर्ने जिम्मेवार व्यक्ति नभएको बताउने तर दुर्घटनापछि घटनास्थल पुगेका एक प्रहरी अधिकारीले बताए । उक्त बस सडकबाट केही तल खोल्सामा खसेको थियो ।

विशेष