ताजा खबर विदेश News

दिल्लीको प्रदुषण भयावह, नागरिकलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

दिल्लीको प्रदुषण भयावह, नागरिकलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

ani कात्तिक २१ । भारतको राजधानी नयाँदिल्लीमा प्रदुषणको मात्रा लगातार बढेर नयाँ रेकर्ड कायम गरेको छ । दिपावलीमा पड्काइएका पटाकाहरुको कारण प्रदुषणको मात्रा बढेर मिटरले समेत नाप्न नसक्ने स्थितिमा पुगेको छ । दिल्ली सरकारले विद्यालयहरु बन्द गराएको छ ।

त्यस्तै दिल्ली सरकारले मन्त्रिपरिषदको आपतकालीन बैठक मसमेत बोलाएको छ । वातावरणविदहरुले घर बाहिर ननिस्किन स्थानीयबासीलाई सुझाव दिएका छन् । मानिसहरुमा आँखा पोल्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ ।

दिल्ली जस्तो महानगरमा पर्यावरणको स्थिति ३६४ दिनकै खराब स्थितिमा छ । स्थिति यति बिग्रिसकेको छ कि यसलाई गम्भीरताका साथ लिनु आवश्यक छ । दिल्लीका पर्यावरण मन्त्रीले भने ।

शनिबार राति दिल्लीमा १० बजेर ४० मिनेटमा हालसम्मकै सबैभन्दा बढी स्तरको प्रदुषण मापन गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ‘प्रदुषणको मात्रा यति धेरै थियो कि प्रदुषण मापन गर्ने मिटरले समेत रेकर्ड गर्न सकेन ।’

मौसम विभागका अनुसार प्रदुषण शनिबारको तुलनामा आइतबार झन् बढेको छ । मौसम विभागका अधिकारीहरुले घर बाहिर ननिस्कन वा निस्कनैपर्ने अवस्था आए विशेष प्रकारको मास्क प्रयोग गर्न सल्लाह दिएका छन् ।

दिल्लीमा पछिल्ला दिनहरुमा ग्यास चेम्बरहरुको निर्माण भइरहेको छ । त्यसको कारणले पनि प्रदुषण बढेको बताइन्छ । तर, वातावरण विदहरुका अनुसार ग्यास चेम्बरहरुमात्रै वातावरण प्रदुषणको कारण होइन बरु दिपावलीमा पड्काइएका पटाकाहरु प्रदुषणमा बढी जिम्मेवार छन् ।

वातावरणविदहरुले दिल्लीमा अहिलेको प्रदुषणयुक्त वातावरणबाट बँच्न सबै निर्माणस्थलमा काम बन्द गर्न, धूप र अगरबत्ती नजलाउन सुझाव दिएका छन् । यसैगरी कागज, पातपतिङ्गर नजलाउन, ट्राफिक लाइटमा रोकिँदा गाडीहरुको स्टार्ट बन्द गर्न, गाडीहरुमा जोर–बिजोर प्रणाली लागू गर्न, अन्तिम अवस्थामा मात्रै इलेक्ट्रिक सामानको प्रयोग गर्न र सडकमा पानी छर्किन सुझाव दिएका छन् ।

विशेष