विदेश

चिनियाँ बादरकाे भविष्यवाणी, राष्ट्रपतिमा ट्रम्प विजयी हुने

चिनियाँ बादरकाे भविष्यवाणी, राष्ट्रपतिमा ट्रम्प विजयी हुने
कात्तिक - २१ । चीनको एक बाँदरले अमेरिकन राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने भविष्यवाणी गरेको छ । चीनको भविष्यवक्ताको राजा भनेर चिनिने ‘गेडा’ नामक बाँदरले ट्रम्प आगामी अमेरिकन राष्ट्रपति बन्ने भविष्यवाणी गरेको ‘इकोलोजिकल’ पर्यटकीय पार्कले जनाएको छ ।

पहेँलो टिसर्टमा सजिएको बाँदरले रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षमा भविष्यवाणी गरेको हो । डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टको र ट्रम्पको आकृतिलाई दुई तिर राखेर बाँदरलाई बीचमा राखिएको थियो ।
उक्त बाँदरले ट्रम्पको आकृतिको ओठमा चुम्बन गरेर उनले चुनाव जित्ने संकेत गरेको हो। उक्त भविष्यवक्ता बानरराजसामू राष्ट्रपतीय चुनावमा कसले विजय हासिल गर्छ भनेर पटकपटक गरिएको प्रश्नमा उसले ट्रम्प विजय हुने भविष्यवाणी गरेको हो । ट्रम्प र क्लिन्टनको प्रतीकका रुपमा राखिएका दुई केरामध्ये ट्रम्प प्रतिकको केरा उठाएर उनकै पक्षमा निर्णय दिएको सियाङ हु इकोलोजिकल टुरिजम पार्कले जनाएको छ । ५ वर्षको यो बाँदरको भविष्यवाणीको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रमुखका साथ छापेका छन् । यसअघि एक अलौकिक जनावार अक्टोपसले सन् २०१० को विश्वकप फुटबलका प्रतिस्पर्धीमध्ये सही विजेयता छानेको सम्झना गर्दै यो बाँदरको भविष्यवाणीलाई सञ्चार माध्यमले महत्वका साथ प्रकाशनमा ल्याएका छन् । यही बाँदरले यस अघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको प्रश्नमा गरेको भविष्यवाणी सही ठहरिएको थियो । बाँदरको यो भविष्यवाणीले अमेरिकी मतदातालाई चुनाव नहुँदै अन्योल सिर्जना गरिदिएको छ ।

Donald Trump hilary clinton

विशेष