News

'अङ्गीकृत नागरिकताका विषयमा आएको प्रचार भ्रामक' - प्रधानमन्त्री कार्यालय

'अङ्गीकृत नागरिकताका विषयमा आएको प्रचार भ्रामक' - प्रधानमन्त्री कार्यालय
कात्तिक - २१ । अङ्गीकृत नागरिकताका विषयमा कुनै पनि समझदारी नभएको र बाहिर आएको प्रचार भ्रामक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले रासससँग कुरा गर्दै अङ्गीकृत नागरिकता र संविधानको मस्यौदा बाहिर आएको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहाल प्रचण्डले सो विषयमा राजनीतिक दलसँग गम्भीर रुपमा छलफल गरी छिट्टै सहमति कायम गर्ने समेत उनले जानकारी दिए ।

mantri parisad

विशेष