विदेश

सुरक्षा कारबाहीमा ११ लडाकूको मृत्यु

सुरक्षा कारबाहीमा ११ लडाकूको मृत्यु

कात्तिक २१ गते । सुरक्षा कारबाहीमा परी इजिप्टमा शनिबार कम्तीमा ११ लडाकूको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्यालेस्टाइन र इजरायलसंगको सीमा क्षेत्रमा पर्ने सधै अशान्त भइइरहेका इजिष्टको उत्तरी सिनाईमा अवस्थित एरिस र शेख जुवैद सहरमा सुरक्षा कारबाही भएको इजिप्ट अधिकारीहरुले जानकारी दिएका छन् । सैनिक प्रवक्ता मोहम्मद समिरले सिनाईको बृहत क्षेत्रमा आतङ्ककारीहरुको खतरा बढी रहेकाले सुरक्षा कारबाही पनि बढाइएको बताएका छन् ।

सुरक्षा कारबाहीका क्रममा सुरक्षा फौजले ५७ वटा विस्फोटक पदार्थलाई निष्क्रिय पार्नुको साथै एम्बुस हाउस, हातहतियार लगायतका सामग्री कब्जामा लिएका छन् ।

गत मध्य अक्टोबरमा उत्तरी सिनाईमा आतङ्ककारीहरुले गरेको आक्रमणमा २० जना सुरक्षाकर्मी मारिएका थिए । इजिप्टमा पछिल्लो समय हिंसात्मक गतिविधिहरु बढ्दै गएका छन् ।


 

army Death Egypt

विशेष