News

बस दुर्घटनामा ९ जना घाइते

बस दुर्घटनामा ९ जना घाइते
कात्तिक २१ । बर्दियाको सानोश्री तारातालस्थित कुसुम्बाघाट हुँदै कोहलपुरतर्फ जाँदै गरेको भे १ ख १११४ नम्बरको बस आइतबार पल्टिँदा नौ जना यात्रु घाईते भएका छन् । पूर्व पश्चिम राजमार्गस्थित मगरागाडी—४ औरीमा बस पल्टिएको हो । प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीका अनुसार बसको अगाडिको टायर पड्किएपछि नौ जना यात्रु घाईते भएका हुन् । घाईते यात्रुलाई उपचार्थ कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ ।

Bardiya Bus accident kohalpur

विशेष