News

वायुमण्डलको प्रभावले देशभर चिसो बढ्याे

वायुमण्डलको प्रभावले देशभर चिसो बढ्याे
कात्तिक - २१ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धुलोका कारण वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले राससलाई जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष कात्तिक २० गते काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यस पटक ८।४ पुगेको छ । शनिबारको तुलनामा आइतबार ९।४ डिग्री सेल्सियस रहेको छ । “‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ,” – उनले भने । मौसमविद्का अनुसार अबको केही समयमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ देखि २५ डिग्री सेल्सियस पुग्ने महाशाखाले जनाएको छ ।

baumandal prabh chiso badyo

विशेष