करेन्ट लागेर सद्भावना पार्टीका नेताको मृत्यु
कात्तिक २१ । करेन्ट लागेर सद्भावना पार्टी धनुषाका बरिष्ठ उपाध्यक्ष रामचन्द्र चौधरीको मृत्यु भएको छ ।
आइतबार बिहान नुहाएर बार्दलीमा कपडा सुकाउन गएका उनलाई दीपावलीको बेला जडान गरिएको चेन्जरबलको नाङ्गो तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ । घरसँग टाँसिएरै रहेको बिजुलीको मेनलाइनबाट सिधै हुकिङगरी घरमा लगिएको तारमा छोइए पछि घटनास्थलमै उनको मृत्यु भएको थियो ।
२०४७ सालदेखि सक्रिय राजनीतिमा लागेका चौधरी गजेन्द्रनारायण सिंहको नजिक थिए। पछिल्लो समय मधेस आन्दोलनमा अत्यन्तै सक्रिय देखिएका ५५ वर्षीय चौधरीको परिवारमा श्रीमति, दुई छोरी र एक छोरा छन् ।
sadbhabana party ka netako mirtue