News

छठ पर्व मनाउन राष्ट्रपति भण्डारी गौरीघाटमा

छठ पर्व मनाउन राष्ट्रपति भण्डारी गौरीघाटमा
कात्तिक - २१ । राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्व मनाउन काठमाडौंको गौरीघाट पुगेकि छिन् । केही समयअघि भण्डारी छठ पर्व मनाउन सो स्थानमा पुगेकी हुन् । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर यो पर्व मनाइन्छ । काठमाडौंका विभिन्न जलासयहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर यो पर्व मनाइदै छ । या वर्ष काठमाडौंको गौरीघाट, मातातीर्थ लगायतका जलासयमा विशेष पूजा गरिँदैछ । अघिल्लो वर्ष १२ वैशाखमा गएको भूकम्पका कारण रत्नपार्क स्थित बाल गोपालेश्वर मन्दिरको पुन निर्माण हुन नसक्दा यो वर्ष सो स्थानमा भने छठ पर्व मनाइएको छैन । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ ।

bidhya bhandari chaith

विशेष