भिआइपीको सुरक्षामा ड्रोनको प्रयोग गर्दै प्रहरी
कात्तिक - २१ । नेपाल प्रहरीले विशिष्ठ व्यक्ति सहभागि कार्यक्रममा आवश्यकताअनुसार सुरक्षा निगरानीका लागि ड्रोन परिचालन गर्ने भएको छ । प्रहरी मुख्यालयले ड्रोन प्रहरी परिचालनका लागि ४ जनालाई तालिम लिन विदेश पठाएको थियो ।
नेपाल प्रहरीले पहिलोपटक भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई महानगरपालिकाले नागरिक अभिनन्दन गर्न राष्ट्रिय सभागृहमा गरेको कार्यक्रमको निगरानी गरेको थियो । प्रहरीले त्यसलाई ‘ड्रोन प्रहरी’ भनेको छ ।
त्यसैगरी आईतबार काठमाडौंको कमलपोखरीमा छठ पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला पनि ड्रोन परिचालन गरी सुरक्षा निगरानी गरेको थियो ।
त्यसैगरी काठमाडौंमा हुने ठुला सभा सम्मेलन र जात्राहरुमा ड्रोन प्रयोग गर्ने प्रहरीले जनाएको छ । काठमाडौंका घना बस्ती र ठुला ठुला घरहरु बनेका कारण कता के हुँदैछ भन्ने प्रहरीलाई जानकारी नभएका बेला ड्रोन उडाएर त्यताको गतिविधीको निगरानी गर्ने तयारीमा प्रहरी जुटेको हो ।
Dron ko prayog
VIP