विदेश

इराकमा आत्मघाती आक्रमण, २१को मृत्यु

इराकमा आत्मघाती आक्रमण, २१को मृत्यु
कात्तिक २१ । इराकका दुई शहरमा भएका आत्मघाती आक्रमणमा २१ जनाको मृत्यु भएको छ । पहिलो आक्रमण तिकरीत शहरमा भएको थियो जहाँ एक एम्बुलेन्सभित्र विष्फोट पदार्थ भरेर विष्फोट गराइएको थियो । दोस्रो आक्रमण समारा शहरमा भएको थियो । सो क्षेत्रमा शिया तीर्थयात्रीहरुको क्षेत्रलाई निशाना बनाइ विष्फोट गराइएको थियो । मस्जिद नजिकै रोकिराखेको कारभित्र विष्फोट भयो र १० जना इरानी नागरिक मारिए । विष्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको छ । इराकी सेनाले मोसुल शहरबाट इस्लामिक स्टेटलाई हटाउन चलाइरहेको कारबाहीको प्रतिशोधले इस्लामिक स्टेटले ति विष्फोट गराएको बीबीसीले जनाएको छ । शनिबारमात्रै इराकी सेनाको विशेष टोलीले इस्लामिक स्टेटका लडाकुहरुलाई मोसुल शहरबाट लखेटेको समाचार सार्बजनिक भएको थियो । -एजेन्सी

blast iraque

विशेष