ताजा खबर News समाज

मलाई हटाउने षडयन्त्र भइरहेको छः प्रधानन्यायधिश

मलाई हटाउने षडयन्त्र भइरहेको  छः प्रधानन्यायधिश

कात्तिक २२ । प्रधानन्यायाधीश सुशीला कार्कीले उच्च अदालतमा न्यायाधीश नियुक्ति रोक्न आफूलाई नै हटाउने षडयन्त्र भइरहेको खुलासा गरेकी छिन् । सर्वोच्च अदालत बार एसोसिएसन र कानुन व्यवसायीको पेसागत संगठनका केही पदाधिकारीसँगको छलफलमा प्रधानन्यायाधीश कार्कीले आफ्नो योजनाविरुद्ध षडयन्त्र भइरहेको खुलासा गरेकी हुन् ।

‘न्यायपरिषद बैठक बस्न नदिने र जसरी पनि नियुक्ति रोक्ने षडयन्त्र भइरहेको मैले थाहा पाएँ,’ कार्कीलाई उद्धृत गर्दै सर्वोच्च बारका एक सदस्यले भने । नाम उल्लेख नगरी कार्कीले आफ्नै सहकर्मीबाट समेत षडयन्त्र भइरहेको बताएकी थिइन् । पुनरावेदन अदालतलाई संविधान बमोजिम हालै उच्च अदालतमा परिणत गरिएपछि ८० हाराहारी संख्यामा न्यायाधीश नियुक्ति गर्नुपर्नेछ । ‘प्रधानन्यायाधीश भएपछि मैले थाहा पाएँ, कस्ता–कस्ता षडयन्त्र हुँदा रहेछन्,’ कार्कीले ती पदाधिकारीसँग भनेकी थिइन्, ‘तर पैसाका बिटा र नेताको चाकरी तथा सोर्स, भनसुनका भरमा म नियुक्त हुन दिन्नँ, तत्कालै उच्च अदालतका न्यायाधीशहरु नियुक्त गरेरमात्र बिदा हुन्छु ।’

नागरिक दैनिक

विशेष